२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

टान निर्वाचन : नमूना टानको लागि दीर्घकालीन नीतिगत सुधार गर्ने राजेन्द्र सापकोटा समूहको घोषणा

टान निर्वाचन : नमूना टानको लागि दीर्घकालीन नीतिगत सुधार गर्ने राजेन्द्र सापकोटा समूहको घोषणा

गण्डकी टाइम्स
सोमवार, भाद्र ३ २०८१
गण्डकी टाइम्स
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौँ, ३ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनले पदयात्रा पर्यटन व्यावसायीलाई तताएको छ। व्यावसायीहरु प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन्। फरक-फरक प्यानलका साथ टानको निर्वाचनमा होमिएका पर्यटन व्यावसायीहरु यतिबेला आफ्नो पक्षमा माहोल बनाइ मत तान्नत क्रियाशिल छन्। मुख्य गरि अध्यक्षको प्रत्यासीमा सागर पाण्डे र राजेन्द्रप्रसाद सापकोटाले आफ्नो दावी अघि सारेका छन्। दुवै समुहले आफ्नो प्यानल घोषणा समेत गरिसकेका छन्। एमाले-कांग्रेस गठबन्धनबाट अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरे । साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदावरी घोषणा गरेका छन्। उक्त समूहका तर्फबाट कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । “पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ”, उनले भने, “पदमार्ग नै नभए व्यवसाय सङ्कटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।” आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवद्र्धनका लागी आफूले पहल गर्ने उनको भनाइ थियो । सापकोटाले टानको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरको ‘एडभेन्चर ट्राभल मार्ट’ आयोजना समेत गर्ने आफ्नो योजना रहेको सुनाए । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij