२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पर्यटनका `कुशल युवा नेतृत्व´ : जियालाल महतो

पर्यटनका `कुशल युवा नेतृत्व´ : जियालाल महतो

गण्डकी टाइम्स
मंगलवार, आश्विन ७ २०८२
गण्डकी टाइम्स
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं, ७ असोज । नेपाललाई विश्वसामु चिनाउने प्रमुख क्षेत्र पर्यटनलाई नयाँ उचाइमा पु-याउने नेतृत्वबारे छलफल चलिरहदा सामाजिक अभियन्ता जियालाल महतो (युकेशकुमार सिंह)को नाम पनि अघि आएको छ। रौतहट स्थायी निवासी महतो लामो समयदेखि समाजसेवा र मानव अधिकार क्षेत्रमा सक्रिय छन्। हाल उनी मानव अधिकार विभागको विदेश संयोजकका रूपमा कार्यरत छन्। होटल उद्योग र जलविद्युत् क्षेत्रमा काम गर्दै व्यावसायिक अनुभव बटुलेका उनले १० वर्षभन्दा बढी समय समाजसेवामा समर्पण गरेका छन्। महतोको होटल उद्योगमा अनुभव र अतिथि सत्कारमा दक्षता पर्यटन प्रवर्द्धनमा उपयोगी हुने विश्वास गरिन्छ। साथै, जलविद्युत् क्षेत्रमा गरेको संलग्नता ग्रामीण पर्यटन र पूर्वाधार विस्तारमा टेवा पुर्‍याउन सक्ने आधार मानिन्छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सांस्कृतिक सम्पदा संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन र ग्रामीण भेगसम्म पर्यटक आकर्षित गर्ने योजना आवश्यक छ। यस्तै बेला, समाजसेवी छविका महतो जस्ता व्यक्तित्वको नेतृत्वले पर्यटन क्षेत्रमा नयाँ दृष्टिकोण दिन सक्ने अपेक्षा गरिएको छ। नेपाली, हिन्दी र आधारभूत अंग्रेजी भाषामा दक्ष महतोको अनुभव, सक्रियता र प्रतिबद्धताले पर्यटन क्षेत्रलाई विकास र अन्तर्राष्ट्रिय पहिचान दिलाउन मद्दत गर्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij