२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एसीसी प्रिमियम कपको फाइनलमा नेपाल र युएई भिड्दै

एसीसी प्रिमियम कपको फाइनलमा नेपाल र युएई भिड्दै

गण्डकी टाइम्स
आइतवार, बैशाख १७ २०८०
गण्डकी टाइम्स
आइतवार, बैशाख १७ २०८०
  • काठमाडौँ, १८ बैसाख। एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बिहान ९ बजे भिड्दैछन् । शनिवार भएको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल फाइनलमा आएको हो भने युएई ओमानलाई हराउँदै यहाँसम्म आइपुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्द भए पछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवारको झैँ वर्षा भएमा आइसीसीको ओडिआई वरियतामा १४औं स्थानमा रहेको नेपाल र १९औं स्थानको रहेको युएई बिचको खेल मंगलबार हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij