२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको सम्मान, जनही ३ लाख दिने घोषणा

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको सम्मान, जनही ३ लाख दिने घोषणा

गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
  • काठमाडौँ, ३ चैत। विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्। यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३/३ लाख रुपैयाँ दिने घोषणा गरे। साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए। ‘त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लटलाइट र स्कोरबोर्ड व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले खेलाडीसँग भने, ‘केही रंगशाला निर्माण पनि अघि बढाइनेछ।’ प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij