२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

समर्थकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ : प्रशिक्षक देसाई

समर्थकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ : प्रशिक्षक देसाई

गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
  • काठमाडौँ, २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीको क्षमता उत्कृष्ट भएको बताएका छन् । युएईलाई अन्तिम खेलमा नौ रनले हराएर विश्वकप छनोटमा स्थान बनाएपछि प्रशिक्षक देसाईले पछिल्लो समय नेपालले राम्रो क्रिकेट खेलिरहेको र खेलडीहरुमा पनि उत्कृष्ट क्षमता भएको बताएका हुन् । देसाईले टिम गेम खेलेका कारण जित सम्भव भएको बताए । ‘‘नेपालका खेलाडी सक्षम छन् । खेलाडीले मलाई विश्वास गरेर खेले । सोही अनुसार नजिता पनि आयो । हामीलाई दर्शकले पनि राम्रो साथ दिनुभयो । हजारौं सर्मथकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ । हामी सिक्दै अगाडि बढ्नेछौं । तपाईहरु सर्मथन गरिरनुहोस्,’’ दर्शकमाथि पनि प्रशिक्षक देसाईले सहानुभूति प्रकटगरे । प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको दुईवटा सिरिजका क्लिन स्वीप गरेको छ । पछिल्ला १२ खेलका नेपाल ११ खेलमा विजेता बन्दै विश्वकप छनोटमा पुगेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij