२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

लिभरपुललाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा

लिभरपुललाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा

गण्डकी टाइम्स
बुधवार, चैत्र १ २०७९
गण्डकी टाइम्स
बुधवार, चैत्र १ २०७९
  • एजेन्सी। इंग्लिस जायन्ट लिभरपुल लगातार तेस्रो संस्करण रियल म्याड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बुधबार राति भएको दोस्रो लेगमा १-० ले पराजित हुँदै समग्रमा ६-२ को प्रभावसाली जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो। लिभरपुलको क्वाटरफाइनल आसलाई रियलले पहलो लेगमा उसकै मैदानमा कमजोर बनाइदिएको थियो। पहिलो लेगमा रियलले एनफिल्डमा ५-२ को सनसनिपूर्ण जित निकालेको थियो। सान्टियागो बर्नेबेउमा भएको दोस्रो लेगमा रियल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा अग्रता बनाउन सफल भएको थियो। उसका लगि करिम बेन्जामाले ७८ औँ मिनेटमा गोलविहीन अवस्था अन्त गरे। उनले भिनिसियस जुनियरको पासलाई सदुपयोग गरेका थिए। लिभरपुले भने रियलको मैदानमा कुनै चमत्कारीक प्रदर्शन गर्न सकेन। यसअघि लिभरपुल रियल सँग २०२१ मा फाइनलमा क्वाटरफाइनलमा पराजित भएको थियो। २०२२ मा फाइनलमा स्तब्ध बनेको थियो। यो पटक अन्तिम १६ बाटै लिभरपुल रियसँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij