२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यूएईसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब

यूएईसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब

गण्डकी टाइम्स
बुधवार, चैत्र १ २०७९
गण्डकी टाइम्स
बुधवार, चैत्र १ २०७९
  • काठमाडौँ, २ चैत । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ। घरेलु टोली नेपाल सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ।नेपाल युएईसँग पराजित भए वा अंक बाँड्नुपर्ने अवस्था आएमा नेपालको सोझै विश्वकप खेल्ने सपना अधुरो रहनेछ। यस्तोमा नामिबिया शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाउने छ। नेपालले भने यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। सिरिजको पहिलो खेलमा यूएईलाई हराएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ। घरेलु समर्थकको साथमा नेपाली टोली जितको लागि मैदान उत्रने छ। यूएईसँगको खेलसँगै नेपालले लिग २ को यात्रा पनि सकाउनेछ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij