२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण १० २०७८
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण १० २०७८
  • काठमाडौं, १० फागुन । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् । जसमध्‍ये १० हजार ३६७ संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९२८ पुगेको छ भने ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij