२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गण्डकी टाइम्स
शुक्रवार, जेठ १ २०८३
गण्डकी टाइम्स
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौं, १ जेठ  । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

    सय ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो । यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ ।

    त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij