२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि

नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि

गण्डकी टाइम्स
बिहिवार, माघ २७ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ २७ २०७८
  • काठमाडौं, २७ माघ । नेपालमा कोरोनाभाइरस कोभिड–१९ पुष्टि भएका मध्ये प्रायःलाई ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड–१९ सङ्क्रमित ९५ वटा नमुनालाई जिन सिक्वेन्सिङका लागि भारत पठाइएको थियो ।

    यही माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट अफ बायोलोजीमा जीन सिक्वयनिङ गर्न पठाएका मध्ये सबै ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । ओमिक्रोन भेरियन्ट देखिएका नमुना मध्ये ७८ वटा नमुना अर्थात् ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् ।

    भाइरसहरु समय अनुसार अनुवांशिक उत्परिवर्तन भइरहन्छ । कोभिड –१९ सुरु भएदेखि हालसम्म यस भाइरसमा धेरै अनुवांशिक उत्परिवर्तन भई विभिन्न भेरिएन्टहरु देखापर्ने क्रम जारी छ । पछिल्लो समय विश्वमा फैलिएको ओमिक्रोन भेरियन्टमा विभिन्न उत्परिवर्तन भई हाल ४ वटा लिनिएच देखा परेको अध्ययनले देखाएको छ ।

    यो लिनिएज बी।वान डेल्टा र ओमिक्रोनको लिनिएज बीए।वानलाई प्रतिस्थापन गरिरहेको हालको अनुसन्धानले देखाइरहेको डा. मिश्राले बताइन् । अझै धेरै व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाले उनले बताइन । खोप नलगाएकाहरूलाई ओमिक्रोन लगायत अन्य भेरियन्टको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य जटिलता आउन सक्ने भएकाले तत्काल खोप लगाउन डा. मिश्रा को आग्रह छ । सङ्क्रमण कम देखिए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनले आग्रह गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij