काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षणमा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षणमा ३४६ जना गरी कुल १ हजार ५११ जनामा संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १ हजार ६८९ जना डिस्चार्ज भएका छन । हाल देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेका छन ।