२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना संक्रमितको संख्या बढ्दै

कोरोना संक्रमितको संख्या बढ्दै

गण्डकी टाइम्स
बुधवार, भाद्र ३० २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र ३० २०७८
  • काठमाडौं, ३० भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७६० जनामा संक्रमण भएको छ ।

    जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij