काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा १ हजार सय ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर परीक्षणमा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षणमा ३८२ जना गरी १ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार ५८९ रहेको छ । हाल देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेका छन । सोमबार १ हजार ४८६ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ५६२ जनामा संक्रमण देखिएको छ ।