काठमाडौँ, २८ भदौ । पछिल्लो २४ घण्टामा १ हजार सय ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३३७ जना गरी १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको छ । हाल देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित रहेका छन । आइतबार ९ सय ११ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ४८६ जनामा संक्रमण देखिएको छ ।