२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

१४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा

१४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा

गण्डकी टाइम्स
सोमवार, पौष ६ २०७७
गण्डकी टाइम्स
सोमवार, पौष ६ २०७७
  • एजेन्सी, ७ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

    उसका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । सिल्भाले १० औँ मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।

    अब्राहमले ७८ र ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो ।

    जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ । अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij