२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

खेल सुरु भएको ६ सेकेण्डमै गोल

खेल सुरु भएको ६ सेकेण्डमै गोल

गण्डकी टाइम्स
आइतवार, पौष ५ २०७७
गण्डकी टाइम्स
आइतवार, पौष ५ २०७७
  • एजेन्सी, ६ पुस । एसी मिलानका राफाएल लिएओले इटालियन सिरी ए फुटबलको इतिहासमै सबैभन्दा छिटो गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् ।

    २१ वर्षका पोर्चुगिज खेलाडी लिएओले हाकान काल्हानोग्लुको पासलाई गोलमा परिणत गरेका हुन् । यसअघि सन् २००१ को डिसेम्बर २ मा फियोरेन्टिनाविरुद्ध पिएसेन्जाका पाओलो पोग्गीले ८.९ सेकेण्डमा गोल गरेका थिए ।

    आइतबार रातिको खेलमा एसी मिलानका लागि २६ औँ मिनेटमा एलेक्सिस सेलरमेकर्सले गोल गरे । २–१ ले पराजित भएको सासुओलोका लागि ८९ औँ मिनेटमा बेरार्डीले एक गोल फर्काएका हुन् ।

    जितपछि शीर्ष स्थानको एसी मिलानको १३ खेलबाट ३१ अंक भएको छ । आइतबार राति नै भएको खेलमा स्पेजियालाई २–१ ले पराजित गरेको इन्टर मिलान १३ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij