२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

गण्डकी टाइम्स
बिहिवार, पौष २ २०७७
गण्डकी टाइम्स
बिहिवार, पौष २ २०७७
  • काठमाडौं, २ पुस । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् ।

    प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले पनि अन्तर्वार्ता दिएका थिए । तर वाटमोर छनोट भएका छन् । उनको तलब मासिक १० हजार डलर आसपास हुने बताइएको छ । कर लगायतका विषय टुंगो लागेपछि यो तय हुने बताइएको छ ।

    यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्नु भएको क्यानले जनाएको छ ।

    तीनै जनाको नियुक्ति जनवरी १, २०२१ बाट लागू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij