२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपाल सहभागी हुने

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपाल सहभागी हुने

गण्डकी टाइम्स
बुधवार, पौष १ २०७७
गण्डकी टाइम्स
बुधवार, पौष १ २०७७
  • काठमाण्डौ, २ पुस । चीनमा आगामी बर्ष हुने एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपाल सहभागी हुने भएको छ । नेपाल भलिबल संघले चीनमा अर्को वर्ष हुने एसियन महिला च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गरेको हो ।

    संघको कार्यसमितीको बैठकले सन् २०२१ मा चीनको गोन्जाओमा हुने एसियन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टिमलाई सहभागी गराउने बताएको छ ।

    चिनीयाँ भलिबल संघको आयोजनामा हुने प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ ।

    यो प्रतियोगितामा सहभागिता जनाउनका लागि जनवरी १५ तारिखसम्म टिम दर्ता गर्नुपर्ने समय तोकिएको छ ।

    प्रतियोगितामा सहभागी हुने नेपालको निर्णयलाई एसियन भलिबल महासंघले स्वीकृति दिएमा प्रतियोगितामा खेल्न पाइनेछ ।

    प्रतियोगितामा १६ भन्दा बढी टिमले दावेदारी गरेमा नतिजाका आधारमा टिमको छनोट हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij