२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सन्दीप बिबिएल खेल्न अष्ट्रेलिया जाँदै

सन्दीप बिबिएल खेल्न अष्ट्रेलिया जाँदै

गण्डकी टाइम्स
मंगलवार, मंसिर ३० २०७७
गण्डकी टाइम्स
मंगलवार, मंसिर ३० २०७७
  • काठमाडौं, ३० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दशौं संस्करणको बिग बास लिग (बिबिएल) टी-२० क्रिकेट खेल्न अष्ट्रेलिया जाँदैछन् ।

    सन्दीप कतार एयरवेजबाट अष्ट्रेलिया जाँदैछन् । दशौं संस्करणको बिबिएल यसअघि नै सुरु भइसकेको भएपनि सन्दीप ढिला गरी अष्ट्रेलिया जान लागेका हुन् ।

    सन्दीपले यो वर्ष बिबिएलमा नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्दैछन् । यसअघि उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए । स्टार्सबाट खेल्दै सन्दीपले २६ विकेट लिएका थिए ।

    सन्दीप बुधबारनै अष्ट्रेलिया पुग्नेछन् । त्यहाँ सन्दीपले १४ दिनको क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि मात्र सन्दीपले हाबार्टसँगको टोलीमा सामेल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij