एजेन्सी, २८ मंसिर । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा रियल मड्रिडले पाहुना टोली एथ्लेटिको माथि दुई शुन्य गोल अन्तरले जित दर्ता गरेको हो ।
खेलको सुरुवात अर्थात् १५औं मिनेटमा कासेमिरोको गोलमा रियल मड्रिडले शुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफ एक शुन्य गोल अन्तरको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल उपहार पायो ।
खेलको ६३औं मिनेटमा एथ्लेटिकोका ओब्लकले आत्मघाती गोल गर्दा रियलले एक गोल उपहार पाएको हो ।
योसंगै रियलले दुई शुन्य गोल अन्तरको अग्रता बनायो ।
त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसक्दा रियलको दुई शुन्य गोल अन्तरको जिति सुनिश्चित भएको हो ।
यो जितसँगै रियल १२ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।
११ खेलमै २६ अंक बनाएको एथ्लेटिको पराजित भए पनि शीर्ष स्थानमै कायम छ ।