२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

गण्डकी टाइम्स
बिहिवार, मंसिर २५ २०७७
गण्डकी टाइम्स
बिहिवार, मंसिर २५ २०७७
  • काठमाडौं, २६ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

    बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिएका छन । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।

    कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij