२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

विश्वकप, गोल्डेन बुट र गोल्डेन बल एकैपटक जित्ने पाउलो रोसीको निधन

विश्वकप, गोल्डेन बुट र गोल्डेन बल एकैपटक जित्ने पाउलो रोसीको निधन

गण्डकी टाइम्स
बुधवार, मंसिर २४ २०७७
गण्डकी टाइम्स
बुधवार, मंसिर २४ २०७७
  • काठमाडौं, २५ मंसिर । इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ ।

    रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो ।

    युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए ।

    उनलाई विश्वकै उत्कृष्ट फरवार्डमध्ये एक मानिँदै आएको छ । यस्तै सन् १९८२ मा इटलीलाई स्पेनमा विश्वकप जिताउँदा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि पनि उनलाई सम्झिइन्छ ।

    इटलीले विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए ।

    उनकै ह्याट्रिकमा इटलीले उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३-२ ले पराजित गर्दै चाँडै घर फर्काएको थियो । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २-० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

    रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । साथै उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए ।

    रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे । उनले चार सिजन युभेन्ट्समा बिताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया जिते ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij