२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बार्सिलोनालाई हराउँदै युभेन्ट्स बन्यो समूह विजेता

बार्सिलोनालाई हराउँदै युभेन्ट्स बन्यो समूह विजेता

गण्डकी टाइम्स
मंगलवार, मंसिर २३ २०७७
गण्डकी टाइम्स
मंगलवार, मंसिर २३ २०७७
  • काठमाडौं, २४ मंसिर । इटालियन क्लब युभेन्ट्सले समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनामाथि ३-० गोलको जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै वेस्टोन एमसीकेनले एक गोल गरे । उता बार्सिलोनाका लागि कुनै पनि खेलाडीले प्रभाव जमानउ सकेनन् । खेलको १३ औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । २० औं मिनेटमा एमसीकेनले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । ५२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । युभेन्ट्स समूह विजेता बनेको छ । समान अंक भएको बार्सिलोना समूहको उपविजेता बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij