२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

प्रधानमन्त्री कार्यालयको चासोमा पत्रकार पक्राउ गरिएको प्रहरीको स्वीकारोक्ति

प्रधानमन्त्री कार्यालयको चासोमा पत्रकार पक्राउ गरिएको प्रहरीको स्वीकारोक्ति

गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८३
गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८३
  • काठमाडौँ। समाचार लेखेको आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको विषयमा नेपाल प्रहरीले मध्यरातमा आधिकारिक धारणा सार्वजनिक गरेको छ।

    प्रहरी प्रवक्ता एवं एआईजी अभिनारायण काफ्लेले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सोधपुछका लागि पत्रकारहरूलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरीको ह्वाट्सएप ग्रुपमार्फत दिएका हुन्।

    यसअघि चौतर्फी विरोध भएपछि प्रधानमन्त्री कार्यालयले पत्रकार पक्राउमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै उनीहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले पनि पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको कुनै हात नरहेको बताएकी थिइन्।

    तर प्रहरीको पछिल्लो भनाइले प्रधानमन्त्री कार्यालयकै चासोका आधारमा पत्रकारहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ। यससँगै पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालय र प्रहरीको भनाइबीच विरोधाभास देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij