२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चेल्सीद्वारा अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्को अनुबन्धित

चेल्सीद्वारा अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्को अनुबन्धित

गण्डकी टाइम्स
सोमवार, श्रावण १८ २०८३
गण्डकी टाइम्स
सोमवार, श्रावण १८ २०८३
  • लन्डन। इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली क्लब स्ट्रासबर्गका २१ वर्षीय अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्कोलाई सात वर्षको सम्झौतामा अनुबन्ध गरेको छ।

    यस समर ट्रान्सफर विन्डोमा चेल्सी भित्रिने बार्को छैटौँ खेलाडी हुन्। यसअघि चेल्सीले मोर्गन रोजर्स, ड्यानी वेलबेक, इम्यानुएल एमेघा, म्याक्सेन्स लाक्रोय र मार्को पालेस्ट्रालाई टोलीमा भित्र्याइसकेको छ।

    बार्कोले हङकङमा जारी चेल्सीको प्रि-सिजन टुरका बाँकी खेलहरूमा सहभागिता जनाउनेछन्। चेल्सीले अगस्ट ५ मा इटालियन क्लब युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ। दुवै क्लबले स्थानान्तरण रकम भने सार्वजनिक गरेका छैनन्।

    सन् २०२६ को फिफा विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनाको टोलीबाट बार्कोले एक खेल खेलेका थिए। इङ्गल्यान्डविरुद्धको सेमिफाइनल जितपछि जुड बेलिङ्हामसँगको विवादका कारण उनी चर्चामा आएका थिए।

    बोका जुनियर्सको एकेडेमीबाट व्यावसायिक फुटबल सुरु गरेका बार्को सन् २०२४ मा ७९ लाख पाउन्डमा ब्राइटन भित्रिएका थिए। ब्राइटनमा एक वर्ष बिताएपछि ऋणमा स्ट्रासबर्ग पुगेका उनले उत्कृष्ट प्रदर्शन गरेपछि सोही क्लबले खरिद गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij