२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रकाश ढकालको नयाँ गीत ‘कर’ सार्वजानिक

प्रकाश ढकालको नयाँ गीत ‘कर’ सार्वजानिक

गण्डकी टाइम्स
आइतवार, माघ २२ २०७९
गण्डकी टाइम्स
आइतवार, माघ २२ २०७९
  • काठमाडौँ, २२ माघ । वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गीत ‘कर’ सार्वजानिक भएको छ । राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गीतलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन् । कर गीतमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीले समुह स्वरमा साथ दिएका छन् भने गीतको भिडियो अर्जुन लोहारको छायाकंन र रमेश बि.क.रसार्ईलीको सम्पादनमा तयार भएको हो । प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन् । जनताले हरेक पाईला पाईलामा कर तिर्नुपर्ने,युवाले देश छाडेर विदेशीनुपर्ने, जनताको करमा नेता र ठुलाबडाले रजाईं गर्ने, बैंकको चर्को ब्याजका कारण जनताले आत्महत्या गर्नुपर्ने, संघियता खारेज गरीनुपर्ने, भ्रष्ट नेताको सम्पत्ति छानबिन गरीनुपर्ने जस्ता भाव समेटएिको गीतबाट गायक ढकालले जनताका पीडा पोख्दै तमाम समस्या समाधानका लागि तत्काल कद्म चाल्नुपर्ने माग राखेका छन् । गायक तथा सर्जक प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति, बैमानी मोया, खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गीत चर्चित बनेका छन् । https://youtu.be/hQ5vd1oDdWU

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij