२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

लोकप्रिय बन्दै ‘कस्तो मुन्छे तिमी त’ (भिडियोसहित)

लोकप्रिय बन्दै ‘कस्तो मुन्छे तिमी त’ (भिडियोसहित)

गण्डकी टाइम्स
बिहिवार, आषाढ १६ २०७९
गण्डकी टाइम्स
बिहिवार, आषाढ १६ २०७९
  • काठमाडौँ । पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान र गायक रामकुमार नेपालीको स्वर रहेको गीत रहेको ‘कस्तो मुन्छे तिमी त’ लोकप्रिय बनेको छ । लोक शैलीमा तयार भएको गीतमा रामचन्द्र बोगटीको शब्द तथा संगीत छ । गीतका शब्द टिपिकल्ली नेपाली पाराको छ । गीतमा माया प्रेमका कुरा गरिएको छ । जसको आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा शिक्षिका तथा आधुनिकतामा रमाउने विद्यार्थी बीचको प्रेमप्रसंग देखाउन खोजिएको छ । भिडियोमा मोडल उषा उप्रेतीले शिक्षिका र सुधीर श्रेष्ठले विद्यार्थीको भुमिका निर्वाह गरेका छन् । सञ्जय श्रीपालको संगीत संयोजन रहेको गीतको भिडियोका निर्देशक निशान बानियाँ हुन् । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=-IiqpGgAhLU&ab_channel=RamchandraBogati

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij