काठमाडौं, ६ फागुन । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।