काठमाडौं, १४ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चादीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।