२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

खाली सिलिण्डर भरेर राख्न उपभोक्तालाई आग्रह

खाली सिलिण्डर भरेर राख्न उपभोक्तालाई आग्रह

गण्डकी टाइम्स
आइतवार, बैशाख १२ २०७८
गण्डकी टाइम्स
आइतवार, बैशाख १२ २०७८
  • काठमाडौं, १२ वैशाख । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।

    गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताएका छन । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो, यस वर्ष त्यस्तो नहोस् भनेर खाली सिललिण्डर भर्न भनेका हौं,’ अध्यक्ष भण्डारीले भने । ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए । भारतबाट नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।

    ग्यासको आपूर्ति व्यवस्थालाई चुस्त बनाउन र अभाव कतैबाट पनि नहोस भनेर व्यवसायीलाई सचेत गराइएको नेपाल आयल निगमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij