काठमाडौं, १२ वैशाख । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।