काठमाडौं, १० वैशाख । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।