काठमाडौं, ९ वैशाख । केहि दिन देखि लगातार बढिरहेको सुनचाँदीको मुल्य बिहिबार पनि बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।