२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमाले प्रवेश गरेको १८ दिनमै किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

एमाले प्रवेश गरेको १८ दिनमै किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

गण्डकी टाइम्स
मंगलवार, चैत्र २४ २०७७
गण्डकी टाइम्स
मंगलवार, चैत्र २४ २०७७
  • काठमाडौं, २४ चैत । एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।

    नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल चार वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij