काठमाडौं, २२ चैत । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।