काठमाडौं, १८ चैत । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।