काठमाडौं, ५ चैत । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेको छ । आज तेजावी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।