काठमाडौं, ३ चैत । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । छापावाला सुन आज पनि प्रतितोला ८६ हजार ६०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।