काठमाडौं, २५ फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँ घटेको छ । तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।