काठमाडौं, २३ फागुन । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार १०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ५०० सय रुपैयाँले बढेर प्रतितोला ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।