काठमाडौं, १९ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५०० सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ५०० सय रुपैयाँ बढेर प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।