२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चैत १५ गते बाट त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने

चैत १५ गते बाट त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने

गण्डकी टाइम्स
बुधवार, फाल्गुण १२ २०७७
गण्डकी टाइम्स
बुधवार, फाल्गुण १२ २०७७
  • काठमाडौं, १२ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अग्रिम मिति समेत तय भएको छ ।

    विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ ।

    तर, उडान-अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको उनले जानकारी दिएका छन । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ ।

    अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढेको हो ।

    प्रवक्ता कर्णका अनुसार विमानस्थल भने अब रातको साढे १२ बजे बन्द हुनेछ । बिहान साढे ६ बजे मात्र खुल्नेछ । यसबीचमा रातको समयमा उडान-अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानाएको छ ।

    अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij