काठमाडौं, ११ फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन प्रतितोला ११०० सय रुपैयाँले बढे प्रतितोला ९० हजार १०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ११०० सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।