काठमाडौं, २६ माघ । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा २०० सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २०० सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।