२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

देशकै ठूलो क्षमताको ढल्केबर सवस्टेशनको आज उद्घाटन

देशकै ठूलो क्षमताको ढल्केबर सवस्टेशनको आज उद्घाटन

गण्डकी टाइम्स
आइतवार, माघ १८ २०७७
गण्डकी टाइम्स
आइतवार, माघ १८ २०७७
  • काठमाडौं, १९ माघ । देशकै सबैभन्दा ठूलो क्षमताको ढल्केबर सबस्टेशनको आज औपचारिक उद्घाटन हुने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केबर सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी लगायतको सहभागिता रहने छ । अहिले ढल्केबरमा एक सय ६० एमभीएका दुई र तीन सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।

    यस्तै कुल चार सय र दुई सय २० केभी क्षमताको सबस्टेशनमा तीन सय १५ एमभीए क्षमताका तीन वटा गरी नौ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् । यो सबस्टेशन अहिले सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो ।

    सबस्टेशनमा जडान गरिएको तीन सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गएको पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ ।

    प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलता प्राप्त भएको बताएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij