२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति

भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति

गण्डकी टाइम्स
शनिवार, माघ १७ २०७७
गण्डकी टाइम्स
शनिवार, माघ १७ २०७७
  • काठमाडौं, १७ माघ । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।

    यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।

    हात भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ ।

    हालसालै नेपालले ढल्केबरमा ४ सय केभीको सबस्टेसन तयार गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । यो सबस्टेसन बनेपछि ढल्केबारबाट एक हजार मेगावाटसम्म बिजुली ल्याउन बाटो खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij