काठमाडौं, १४ माघ । मंगलबार बढेको सुनचाँदीको मुल्य बुधबार भने घटेको छ । आज नेपाली बजारमा छापावाला सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार २०० सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।