२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

गण्डकी टाइम्स
बिहिवार, मंसिर २५ २०७७
गण्डकी टाइम्स
बिहिवार, मंसिर २५ २०७७
  • काठमाडौं, २५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ ।

    बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो ।

    अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन् । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ ।

    बुधबारको निर्णयसँगै अमेरिकामा रहेका एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरुलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ ।

    उनीहरुको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो ।

    नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले कानुनीरुपमा अमेरिकामा बसोबासको अनुमति पाउने भएका हुन् ।

    टीपीएस कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली नागरिकहरु बसोबास गरिरहेका छन् ।

    अमेरिकाको नयाँ निर्णयले टीपीएस कार्यक्रमका तीन लाखभन्दा धेरै नागरिकहरु लाभान्वित हुने बताइएको छ ।

    एपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij