२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यो साता विदेशमा रहेका ५४४ जना नेपालीमा कोरोना संक्रमण

यो साता विदेशमा रहेका ५४४ जना नेपालीमा कोरोना संक्रमण

गण्डकी टाइम्स
आइतवार, कार्तिक २३ २०७७
गण्डकी टाइम्स
आइतवार, कार्तिक २३ २०७७
  • कात्तिक २३, काठमाडौं । यो साता विदेशमा रहेका ५४४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको हो ।

    समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार, विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij