प्रेमिकाले गरिन् बिहे : बिहेकै रात जन्मियो बच्चा
प्रेमिकाले गरिन् बिहे : बिहेकै रात जन्मियो बच्चा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
लहान, २९ माघ । सिरहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाकिर निस्कन सकेका छैनन् ।
बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए । तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य आश्चर्यमा परे। उमेशको परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए ।
शोभालाई उमेशले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन् । उनी यसरी फिर्ता भएपछि परिवारकै तथा छरछिमेकमा तनाव बढेको स्थानीय नथुनी रामले बताए ।
उनले भने, 'शोभासँग सोधपुछ गर्दा शैलेन्द्ररामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएकी छन् । त्यसपछि शोभालाई शैलेन्द्रको घर पठाइएको छ । प्रेमी भनिएका युवक साउदी अरबमा रहेका कारण समस्या भएको छ ।'
प्रतिक्रिया